खबर ठुलो छ

पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव गौतम तानातानमा परेका छन् । गौतमलाई फकाउन ओली पक्षका नेताहरूले शुक्रबार राति गौतम निवासमा डिनरसहित छलफल गरेका थिए । अबको महाधिवेशनपछि पार्टी अध्यक्ष, संसदीय दलको नेता र जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने उनलाई प्रस्ताव लगिएको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, विष्णु रिमाललगायत नेताहरू गौतम निवास गएका थिए । तर गौतमले प्रधानमन्त्री ओलीबाट विगतमा धोका मात्र पाएकाले अहिले नै आफू कुनै प्रतिक्रिया नदिने बताएको स्रोतले जनायो ।

गौतमले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । उता दाहाल–नेपाल पक्षले पनि गौतमलाई आफ्नो पक्षमै अड्याइराख्न निकै कोसिस गरिरहेका छन् । उनलाई आफूहरूको सम्पर्क बाहिर जान नदिने रणनीतिसाथ गौतमसँग दाहालले भेटघाट बाक्लो बनाइरहेका छन् । शनिबार आफ्नै निवासमा भएको सचिवालय सदस्यहरूको छलफलमा पनि गौतमलाई उनीहरूले बोलाएर आफूहरूको पक्षमै रहेका देखाइरहेका छन् ।

आइतबार, आषाढ २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया