दिंवगत नायिका जिया खानकी आमा राबिया खान अमिनले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको नि धनबारे दुख ब्यक्त गरेकी छिन् । अमिनले एक भारतीय मिडियालाई लण्डनबाट एउटा भिडियो सेयर गर्दै भिडियोमा सलमान खानमाथि ग म्भिर आ रोप लगाएकी छिन् । सुसान्त मृ त्यु प्रकरणमा बोल्ल्दै उनले आफ्नी छोरीको पनि सोही अवस्था सम्झिँदै भनिन् ‘अहिले जे भयो, त्यसले मलाई सन् २०१५ को याद दिलायो । त्यतिबेला म एक सिबिआई अधिकारीलाई भेट्न गएकी थिएँ । ती अधिकारीले मलाई केहि महत्वपूर्ण प्रमाण भेटिएको भन्दै लण्डनबाट बोलाएको र ति अधिकारीलाई सलमान खानले पैसाले किन्न खोजेको रहस्य समेत बाहिर ल्याएकी छिन् । सलमानले पैसाको कुरा गरेको पनि सिबिआई अधिकारीले आँफुलाई बताएको रहस्य उनले खोलेकी छिन् । सलमानले सिबिआइलाई ती केटासँग सोधपुछ नगर्न भनेको बार ति अधिकारीले बताएको उनले अहिले आएर रहस्य खोलेकी छिन् । भिडियोमा अमिनले भनेकी छिन् बलिउडले जे गर्दै आएको छ, अब त्यस्तो गर्न बन्द गर्नुपर्छ । कसैको खुट्टा तान्नु पनि एकप्रकारको ह त्या गर्नु जस्तै हो ।’