ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोग गर्न गएका किसानहरु र प्रहरीबीच आज अपरान्ह झडप भएको हो । काठमाडौं तराई द्रुतमार्गको जग्गामा रोपाई गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । तर, किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले आज रोपाई गरेको बताएका छन् । प्रहरीले असार १५ गतेपनि उनीहरुलाई रोपाईँ गर्न रोकेको थियो । किसानहरुले भने मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । आज किसानहरुले संयुक्त रोपाई गरेका हुन् ।
https://www.facebook.com/HamroJatra/videos/703719083815062/
https://www.facebook.com/HamroJatra/videos/324458725248537/