भारतको छत्तीसगढ राज्यमा १४ वर्षीया बालिकालाई एक व्यक्तिले जिउँदै जलाइ दिएका छन् । छत्तीसगढ राज्यको मुंगेली जिल्लास्थित ३० वर्षीय पुरुषले १४ वर्षीया बालिकामाथि यौन उत्पीडन गर्न खोजे । सोही क्रममा बालिकाले प्रतिरोध गरिन् । त्यसपछि ती व्यक्तिले बालीकालाई जिउँदै जलाइदिए ।

उक्त घटना ३० जुनको घटेका मुंगेली जिल्लास्थित रहेको कोठबाली प्रहरी चौकीले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जबरजस्ती गर्ने ३० वर्षीय बब्लु भास्कर रहेको प्रहरीले जनाएको छ । उक्त अपराधीलाई प्रहरीले हिरासतमा लिई अुनसन्धान थालेको हो । उनलाई सेक्सन ३०२, ५०६, ३५४ जस्ता दफामा हिरासतमा राखिएको छ ।

बालिकाको घरपरिवारसँग केही झगडा भएको कारण अपराधी घरमै पसी जबरजस्तीकरणीको प्रयास गरेका थिए । १४ वर्षीया बालिका घरमा एकलै रहेको अवस्थामा मौका छोपी भास्कर जदरजस्तीको प्रयास गरेको र उनले उक्त प्रयासको प्रतिरोध गर्न खोज्दा मट्टितेल छड्केर उनलाई जिउँदै जलाइएको हो । शरीरमा आगो तीव्र रुपमा फैलिएपछि बालिका गुहारका लागी छिमेकीहरुसंग सहायता मागेकी थिइन् । आगो निभाई उनलाई छिमेकीहरुले अस्पताल लगेका थिए । तर, बुधबार उनको निधन भएको विषय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!