कञ्चनपुर जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका एक जना वडाध्यक्ष महिलामाथि दु,र्व्यव,हार गरेको अभियोगमा पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ बिहीबार स्थानीय महिलामाथि यौ, न दु र्व्यव हार गरेको आरोपमा पक्राउ परेका हुन् ।

महिलालाई दु र्व्य वहा र गरेपछि स्थानीय युवतीहरूले जुत्ताको माला बनाएर वडाध्यक्ष नाथलाई लगाइदिन खोजेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरवहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पसल गर्दै आएकी ती महिलालाई वडाध्यक्ष नाथले चुम्बन गर्न माग गर्नुका साथै सँगै रात बिताउन प्रस्ताव गरेको आरोप वडाध्यक्ष नाथलाई लागेको छ ।

बिहीबार दिउँसोदेखि पीडित महिलाकै पसलमा म,दि रा से वन गरिरहेका वडाअध्यक्ष नाथले राति ती महिलामाथि दु र्व्य वहा र गरेको आरोप छ । तीन जना साथीहरूका साथ वडाध्यक्ष नाथ बा २० च ४६३५ नम्बरको गाडीमा ती महिलाको होटेलमा पुगेका थिए ।

वडाअध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै स्थानीय महिलामाथि दु र्व्य वहा र गरेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।

दोषी वडाध्यक्षलाई कारबाहीको माग गरेर प्रदर्शन गर्दा प्रहरीले हेलमेटले होनेर एक जना युवकलाई घाइते समेत बनाएको छ ।

नेकपाबाट निर्वाचित वडाअध्यक्ष नाथले महिलालाई अंकमाल गर्न खोज्दै चुम्बन दिन आग्रह गरेको महिलाले आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!