बिराटनगर ,पौष २१:प्रदेश नम्बर १ का ग्राहकलाई लक्षित गरी नेपाली जुत्ताघरले विराटनगरको जैनभवनमा सुरु गरेको जुत्ता चप्पल व्यापार मेलामा डेढ करोडको कारोबार भएको छ । यसबीचमा २० हजार जोरभन्दा बढी जुत्ताचप्पल विक्री भएको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा सीमावर्ती क्षेत्रका भारतीय ग्राहकको भिड बढ्दै गएको छ । पुस मसान्तसम्म हुने मेलामा सस्तोमा जुत्ताचप्पल पाइने र नेपाली जुत्ता टिकाउ हुने भएकाले भारतीय ग्राहक ओइरिएको अध्यक्ष उपाध्यायले बताए । ग्राहकले मेलामा ६० प्रतिशतसम्म छुट पाउने आयोजक नेपाली जुत्ताघरले जनाएको छ । भारी छुट पाएपछि मोरंगसहित झापा, धनकुटा, सुनसरीदेखि ग्राहकहरु मेलामा आइरहेका छन् ।

मेलामा नेपालमा नाम चलेका जुत्ताचप्पल उत्पादकहरु शिखर सुज, बिएफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपरका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध छन् । सुविधा पाएपछी जत्ता चप्पल खरिद गर्ने उपभोक्ताको भिड लागेको हो । मेलामा सर्बसाधारणको भिड बढेकाले हामी उत्साहित छौं, जुत्ताघरका अध्यक्ष उपाध्ययले भने, भारी छुटमा जुत्ताचप्पल उपलब्ध भएकाले सर्बसाधारणले यो मेलालाई जुत्ताचप्पल किन्ने अबसरका रुपमा लिएका छन् । मेलामा २ दिनमै १० लाख मुल्य बढीको कारोबार भएको उनले जानकारी दिए । जाडोको सिजनलाई लक्षित गरेर सुरु गरिएको जुत्ताचप्पल मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र जाडोको न्यानो जुत्ता २ सय रुपैयाँदेखि उपलब्ध रहेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाउने छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षणका रुपमा छन् ।,

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!