बुधबार, आषाढ १७, २०७७ || 859  पटक पढिएको

आजको स्थायी समितिमा बोल्ने १८ मध्ये १७ जना नेकपा नेताले प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकार दुबै पदबाट राजीनामा दिन माग गरेका छन् ! बैठकअघि रास्ट्रपतिलाई भेटेर संकटकाल लगाउन खोजेको र आफ्ना मान्छे लगाएर निर्वाचन आयोगमा नेकपा एमाले ब्युताउन खोजेकोलगायतका नयाँ आरोप ओलीमाथि लागेको हो !

बैठकमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले एमाले दर्ताको काम प्रधानमन्त्रीको निर्देशनमा भएको प्रमाण आफूसँग भएको बताउनुभयो । गौतमको आरोपलाई पन्छाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफू नेकपाको अध्यक्ष भएकाले त्यस विषयमा केही जानकारी नभएको’ भन्दै मुण्टो फर्काउनुभएको थियो ।

आज बोल्ने सबैजसोले प्रधानमन्त्रीको चर्को आलोचना गरेर राजीनामा मागेपछि प्रधानमन्त्री बैठक चलिरहेको अवस्थामा बाहिरिनु भयो । बैठकको शुरुमै अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीको राजीनामा माग्दै ‘अस्तिको अभिव्यक्तिबाट प्रधानमन्त्रीले नैतिक धरातल गुमाई सक्नुभयो । अरुलाई दोष लगाउने प्रयास नगर्नुस् । राजीनामा मैले मागेको हो,अरु कसैले होइन । त्यसैले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुस्’ भन्नुभएको थियो । वहाँले प्रधानमन्त्रीलाई ‘जिम्मेवार पदमा बसेकाले सिँगौरी खेल्ने होइन । कूटनीतिक हिसाबले अघि बढ्नुपर्छ । कुनैपनि छिमेकीको बिरुद्ध परिपक्व अभिव्यक्ति आउनुपर्छ । सरकारको नेतृत्वमा बसेर केटाकेटी खेलेझैँ गर्नु कुनैपनि दृष्टिकोणबाट उचित होइन ।’ भन्ने सुझावसमेत दिनुभयो ।

आज प्रधानमन्त्रीको पक्षमा कुनैपनि सदस्यले बोलेनन् । भोलि फेरि बस्ने भनिएको स्थायी समितिको बैठक अझै केही दिन लम्बिने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!