नेकपा (एमाले) नामको दल अस्तित्वमा छैन । एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको हो । त्यसपछि दुवै दलको नाम मेटिएको हो । निर्वाचन आयोगमा नेकपा एमाले नामको दल छैन ।

मंगलबार अचानक नेकपा एमाले नामको दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन गयो । नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजीनामा देखि चर्को विवाद चलिरहँदा दल दर्ताको निवेदन गएको हो । यसको पुष्टि निर्वाचन आयोगले समेत गरेको छ । आयोगले निवेदनबारे जाँचबुझ भइरहेको जानकारी दिएको छ ।

दल दर्ताको निवेदन दिनेमध्ये झापाकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष छिन् । प्रधानमन्त्री ओलीकै गृहजिल्लाकी सन्ध्याले नेकपा एमाले दल दर्ताको निवेदन दिएपछि खैलाबैला भएको छ । त्यसमाथि यो कदम ओलीकै निर्देशनमा चालिएको आरोप उपाध्यक्ष बामदेव गौतमले लगाएका छन् । उनले स्थायी कमिटि बैठकमा एमाले दल दर्ता देखि संकटकाल लगाउने सम्मको तयारीबारे आफूसँग प्रमाण भएको बताएका छन् । एमाल दल दर्ताको विषयमा ओली पक्षले केही भनेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!