मंगलबार, आषाढ १६, २०७७ || 1053  पटक पढिएको

टीकापुरका डिएसपी मनोहरप्रसाद भट्टले करिब पचास लाख रुपैयाँ बराबरको रक्सी बेचेर खाएको खुलेको छ । लकडाउनका बेला संकटकालको झझल्को दिनेगरी सर्वसाधारण नागरिकका बीच आतंक सिर्जना गरेर डिएसपी भट्टले करिब ३ करोड बढी रुपैया उठाएर हिडेको टीकापुर क्षेत्रमा चर्चा छ ।

सरुवाको सुइको पाएलगत्तै भट्टले नेपाल–भारत सिमानामा मालसामान तस्करी गर्ने दुई नम्बरी व्यापारीहरुको कवोल बमोजिमको महिनावारी रकममा दुई गुणा वृद्धि गरेर असुलेको व्यापारीहरुले आरोप लगाएका छन् । डिएसपी भट्ट एक वर्षको कार्यकाल बिताएर १५ जेठमा प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएका छन् ।

धनगढीपछिको दोस्रो ठूलो भन्सार रहेको टीकापुर क्षेत्र नेपाल भारत तस्करीको प्रमुख केन्द्र पनि हो । प्रहरी र भन्सार कार्यालयकै संरक्षणमा खुलेआम तस्करी हुने गरेको भनेर टीकापुर क्षेत्र बदनाम रहेको छ । थारु समुदायका साना व्यवसायीहरुलाई निर्ममतापूर्वक कुटपिट गरेर उनीहरुका बन्द रहेका पसलभित्र जबर्जस्ती पसेर प्रहरीले रक्सी जफ्त गरेको एक जना पिडित व्यवसायीले बताए ।

प्रहरीलाई अबैध घरेलु रक्सी मात्र जफ्त गर्ने अधिकार छ । तर डिएसपी भट्टले लकडाउनको मौका छोपेर नेपाली ब्राण्डका रुस्लान भोडका, बियर र ह्वीस्की जबरजस्ती उठाएर लगेको टीकापुरका व्यवसायीले गुनासो गरेका छन् ।

लकडाउनका बेला बन्द रहेका डिएसपी भट्टको निसानामा गाँउ भित्र रहेका स–साना पसलहरु परेको बताउँदै एकजना व्यवसायीले भने, ‘लकडाउनको पालना गर्दै पूर्णतया बन्द रहेका पसलहरुका ढोका जबरजस्ती खोल्न लगाई प्रहरीले रक्सी मात्र लिएर गए ।’ प्रहरीको यस्तो व्यवहारको विरोध गर्दा कुटपिट गरेको टीकापुर नगरपालिका वडा नम्बर ६ का एक जना व्यवसायीले बताए । उनको पसलबाट मात्र प्रहरीले नेपाली ब्राण्डका करिब १ लाख रुपैयाँको रक्सी उठाएर लिएको छ ।

प्रहरीले नेपाल सरकारबाट उत्पादन तथा विक्रि वितरणका लागि अनुमतिप्राप्त कुनै पनि उपभोग्य वस्तु जफ्त गर्न गैरकानुनी हो । तर डिएसपी भट्टले यस्तो कानुनी व्यवस्थाको अवज्ञा गर्दै टीकापुरका गाउँले पसलहरुबाट करिब पचास लाख रुपैयाँ मूल्य बराबरको रक्सी लुटेर लिएको छ ।

उक्त नेपाली ब्राण्डका रक्सी घरेलु रक्सी सरह प्रहरीले नष्ट गर्न मिल्दैन । उक्त परिमाणको रक्सी डिएसपी भट्टले टीकापुरका थोक बिक्रेताहरुलाई बेचेको पैसा आफै पचाएको टीकापुरका व्यवसायीहरु बताउँछन् ।दृष्टिबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!