गत जुन १४ मा आफ्नै घरमा झन्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतसँग जोडिएका धेरै चीजहरुका बारेमा पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरु भरिएका छन्् । सुशान्तको आत्महत्याले बलिउडभित्रको नेपोटिज्मको खुलेर विरोध भइरहेको छ भने उनको मृत्युपछि उनीसँग जोडिएका तस्बिर, सम्बन्ध तथा उनले गरेका राम्रा कामहरुको प्रशंसा भइरहेको छ । साथै, उनका यादमा उनका प्रशंसकहरुले निकै पीडा समेत पोखिरहेका छन् । यसैबीच, उनकी पूर्वप्रेमिकासँगको सम्बन्धको बारेमा पनि निकै चर्चा भइरहेको छ । सुशान्तका एक प्रशंसकले उनकी पूर्वप्रेमिकाको एउटा पुरानो तस्बिर शेयर गरेका छन् । तस्बिरमा अंकिता लोखण्डे आफ्नी आमासँग देखिएकी छिन् भने उनको पछाडि घरका भित्ताहरुमा सुशान्तसँगका तस्बिरहरु टाँगिएका छन् ।

https://www.instagram.com/p/CB7gc_pBcjg/?utm_source=ig_embed

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेर्नेहरुले सुशान्त र अंकिताबीच गहिरो प्रेम रहेका प्रतिक्रिया जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!