‘साहब मेरी श्रीमती गर्भवती छिन् । उनी निकै समस्यामा छिन् । उनलाई भर्ना लिनुस्,’ यो गुहार थियो कान्तुका पति मानसिंहको तर यसले गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका कर्मचारीको मन पग्लिएन । उनीहरुले जाँचै नगरी गर्भवतीलाई जिल्ला अस्पताल लैजान रेफर गरे । नजिकैको अर्को एक सरकारी अस्पतालले पनि भर्ना गर्न अस्विकार ग¥यो । यसरी नै डेढ घण्टा तड्पिएपछि महिलाले अस्पताल नजिकैको सडकमै बच्चा जन्माइन् । यो घटना भारतको राजस्तानस्थित बासवान्डा जिल्लाको हो ।

एम्बुलेन्स पनि उपलब्ध गराइएन
कान्तुलाई सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत उपलब्ध गराइएको थिएन । अन्त्यमा, परिवारले उसलाई निजी सवारीमै बासवान्डा लैजानुप¥यो । दुखाई निकै बढेपछि उनीहरु बाटोमै पर्ने मोहकमपुरा अस्पताल पुगे, यहाँ पनि डाक्टरहरुले भर्ना लिन मानेनन् र चाँडोभन्दा चाँडो जिल्ला अस्पताल जान भने ।

डेढ घण्टा अस्पताल अगाडि नै तड्पिइन् प्रसुति
कान्तुको दुखाई यति धेरै बढेको थियो कि यसभन्दा अगाडि यात्रा गर्न मुस्किल हुँदै थियो । केही खतरा भइहाले सायद अस्पतालले भर्ना लिनेछ भन्ने आशामा पति र सासुले मोहकमपुरा अस्पताल अगाडि नै रोकिने निर्णय लिए । डेढ घण्टासम्म यी महिला व्यथा लागेर चिच्याइरहिन्, तर यहाँका डाक्टर र नर्सिङ स्टाफले सुनेनन् । उनीहरुले वास्ता नगरेपछि सासुले यही नै डेलिभरी गराउने फैसला लिइन् । एक सैलुनवालाले एउटा चादर थिए, त्यसैको आडमा डेलिभरी गराइयो ।

बच्चा जन्मिएको आधा घण्टापछि अस्पतालका पूरुष नर्स खानचन्दले सडकमै बच्चाको नाल काटे र कुशलगढ जान सल्लाह दिए । तर यो परिवारले आफ्नै गाउँ फर्कने फैसला लियो । उनीहरु बाटोमै छँदा केही पुलिस भेटिए । उनीहरुले सुत्केरीको गम्भीर अवस्था देखेर उनलाई कुशलगढ सरकारी अस्पतालमा भर्ना गराइदिए । दोषी पत्ता लगाएर कारबाही गर्नका लागि अहिले प्रहरीले छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!