मंगलबार, आषाढ १६, २०७७ || 858  पटक पढिएको

भारत र चीनबीच युद्धको खतरा अझै छ । त्यसलाई टार्न भने दुवै देशले कुटनीतिक पहल गरिरहेका छन् । आज दुवै देशबीच सैन्य स्तरको वार्ता पुनः हुने भएको छ । मंगलबार दूवै देशका जनरलहरुबीच तेस्रो चरणको वार्ता प्रारम्भ हुनेछ । सीमामा जारी सैन्य विवाद, दूवै तर्फको सैन्य संख्या कटौति गर्ने र चिनियाँ गतिविधिलाई मध्येनजर राखी दूवै देशबीच वार्ता हुनेछ । वार्ता चुसुल मोल्डो सीमा क्षेत्रमा साढे १० मंगलबार हुनेछ ।

दुवै देशबीच चुसुलमा पहिलो पटक वार्ता हुने भएको छ । यसअघिको वार्ता मोल्डो क्षेत्रमा जुन ६ र २२ को भएको थियो । दूवै देशबीचको मुठभेद मे महिनाबाट सुरु भएको थियो । पहिल्यै सम्झौता भए अनुसार चीनले गल्वान क्षेत्रबाट आफ्नो सैनिकको उपस्थितीमा कमि नगरेको कारण गर्माहट यथावत देखिएको छ । भारतले यस विषयलाई मुख्य एजेन्डाको रुपमा आजको वातालार्ई प्रारम्भ गर्ने भएको छ ।

चिनियाँ सैनिकहरुले भारतद्वारा गरिएको पेट्रोलिङमा बाधा पुर्याइरहेको विषय समेत वार्तामा प्रस्तुत हुनेछ । उक्त क्षेत्रमा दूवै देशले आफ्नो दश हजार सम्मको सैन्य उपस्थिती विभिन्न स्थानमा राखेको छ । भारतले हवाई पेट्रोलिङसमेत सुरु गरिसकेको छ । १५ जुनमा भएको दूवै पक्षबीचको झडपले थप गर्माहट सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!