पाकिस्तानको इन्टर-सर्भिस इन्टेलिजेन्स समूहले समर्थन गरेको समूहमा नेपालमा सक्रिय भएको पाइएको छ ।  उक्त समूहले नेपालमा रहेका भारतविरोधी गतिविधि सञ्‍चालन गरिएको पाइएको छ । आईएसआईले नेपाली भूमिलाई लामो समयदेखि भारतविरोधी गतिविधि सञ्‍चालन गरेको पाइएको हो । यद्पि स्रोतका अनुसार यो पछिल्लो भारत-नेपाल सीमा समस्या हुनुअघि झन बढेको बताइएको हो ।

“पाकिस्तानले भारतविरुद्ध नेपाललाई एक मोहराका रुपमा प्रयोग गरिरहेको छ । केही आईएसआईका प्रतिनिधिहरु नेपाली सेनामा पनि रहेका छन्,” स्रोतले भन्‍यो । नेपाल-भारत सीमा क्षेत्रमा आईएसआई समूको उपस्थिति बढेकोसमेत बताइएको छ ।

सन् १९५० को शान्ति तथा मैत्रीसन्धि अनुसार नेपाल-भारतका नागरिकहरु खुला सिमानाका कारण निर्वाध एकअर्को मुलुक आवतजावत गर्ने गरेका थिए । केही समयअघि अवैधरुपमा नेपालमा बसिरहेको भन्‍ने सूचनाका आधारमा केही पाकिस्तानी नागरिकहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको सम्पर्क पाकिस्तानी आतंकवादी समूहसँग भएको पाइएको थियो ।

अतिवादी र जिहादीहरु पनि नेपालमा लुकेर बसिरहेको भन्‍ने विभिन्न‍ पटक नेपालमाथि आरोप लाग्‍ने गरेको छ । पाकिस्तानले नेपालस्थित कुटनीतिक मिसनलाई गतलरुपमा प्रयोग गरिरहेकोसमेत बताइएको छ । त्यसैगरी नेपालबाट गएका भनिएका एक व्यक्ति सोमालियाका सुरक्षा फौज र मुस्लिम अतिवादी समूह अलसबाबबीचको गोलाबारीमा मारिएका छन् ।

सोमालियाको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ। सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ । हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ ।

हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् । सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ । त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलासा भइसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको सम्बन्धित स्रोतले जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!