सोमबार, आषाढ १५, २०७७ || 728  पटक पढिएको

प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यका साथ सा कार्यक्रम पालिकाले अगाडि बढाएको हो । पालिका गत आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । भत्ताका लागि पालिकाका ६ वटै वडाका ६५ अनाथ बालबालिका छनोटमा परेका छन् । संरक्षकविहीन बालबालिकाका लागि विनियोजित बजेटबाट पुग्ने गरी भत्ता दिने तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले बताउनुभयो । अबको केही दिनमा अनाथ बालबालिकालाई भत्ता वितरण गरिने उहाँको भनाइ छ । ४२ अपाङ्गतालाई मासिक भत्ता गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिलाई चालु आर्थिक वर्षको शुरुदेखि नै मासिक भत्ता वितरण गर्दै आएको छ । यस क्षेत्रका नयाँ अपाङ्गता भएका तथा साविक महिला तथा बालबालिका कार्यालयबाट नवीकरण गरेका अपाङ्गता व्यक्तिलाई मासिक रु पाँच सयका दरले वितरण गरिएको हो । पालिका क्षेत्रका अन्य अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिको तथ्याङ्क सङ्कलन पनि भइरहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!