परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनअघि सञ्चारमाध्यमबाट प्रकाशित ‘चीनबाट नेपाली भूमि मिचिएको समाचार भ्रामक’ रहेको बताएका छन् । उनले राष्ट्रिय सभामा विभिन्न प्रमाण प्रस्तुत गर्दै कृषि मन्त्रालयको हवाला दिँदै नापी शाखाको प्रतिवेदनमा आधारित भनेर चीनले नेपालीका विभिन्न भूभाग अतिक्रमण गरेको भन्ने खालका समाचार झुटो रहेको बताएका हुन् । उनले कृषि तथा पशुपन्त्री मन्त्रालयले विज्ञप्ति निकालेर सो समाचार भ्रामक भएको स्पष्टसमेत पारिसकेको जानकारी दिए ।

उनले भने, ‘चीनबाट नेपालको सीमा मिचिएका समाचारको सत्यताको अन्वेषण ग¥यौँ । समाचारमा भनिएझैँ बाउन्ड्री मार्कर ३७ र ३८ कहिल्यै खडा नै भएका छैनन् । भौगोलिक जटिलताका कारण दुवै देशको सहमतिमा बाउन्ड्री मार्कर खडा गरिएको थिएन । त्यसकारण सीमा स्तम्भ सारियो भन्ने समाचार झुटो रहेको छ ।’उनका अनुसार नेपाल र चीनको वर्तमान सीमा ५ अक्टोबर १९६१ मा भएको सीमासम्बन्धी सन्धि र त्यसपछि भएका प्रोटोकलहरूद्वारा निर्धारित गरिएको छ । उनले दुई देशको सम्बन्धमा प्रतिकूल असर पार्ने खालका समाचार सम्प्रेषित नगर्न र प्रभावित पनि नहुन परराष्ट्र मन्त्रालयले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!