कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादी सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । मिडिया रिपोर्टका अनुसार सोमबार बिहान १० बजे चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । भवनभित्र पसेपछि उनीहरुले अन्धाधुन्द गोली प्रहार गर्न सुरु गरेका थिए । घटनामा दुई जना सर्वसाधारणको पनि मृत्यु भएको र केही घाइते पनि रहेको बताइएको छ । प्रहरीका सर्जन डा. करार अहमद अब्बसीका अनुसार हालसम्म ५ जनाको शव र प्रहरीसहित सात जना घाइतेलाई डा. रुथ पफाउ सिभिल अस्पतालमा ल्याइएको जानकारी दिए । गोलीबारी सुरु भएलगत्तै प्रहरी र रेन्जर टोली त्यहाँ पुगेर चार आतंककारीलाई मारेको सिन्ध रेन्जर्सले जानकारी दिएको छ । अहिले सो क्षेत्रलाई ‘क्लियर’ गर्ने प्रक्रिया भइरहेको उनीहरुले जनाएका छन् । अक्रमणकारीबाट हतियार र विस्फोट पदार्थ बरामद गरिएको सुरक्षाकर्मीले जनाएका छन् । स्रोतः डन डटकम

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!