सोमबार, आषाढ १५, २०७७ || 567  पटक पढिएको

हलिउड गायक जस्टिन बिबरले दुई महिलाविरुद्ध दुई करोड डलरको मानहानी मुद्दा दायर गरेका छन्। यी महिलाले जस्टिनमाथि यौन शोषणको आरोप लगाएका थिए। पीपल डट कमको रिपोर्टअनुसार, बिबरले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। सोसल मिडियामार्फत उनीमाथि आरोप लगाउने दुई गुमनाम महिलाविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।

यी २६ वर्षीय गायकले डेनियल र कादीनामक एकाउन्टविरुद्ध मुद्दा दायर गरेका हुन्। यी दुवैले बिबरमाथि २०१४ र २०१५ मा पीडा दिएको आरोप लगाएका थिए। यतिमात्रै होइन, बिबरले मानहानीको हर्जानास्वरूप दुई करोड डलर मागेका छन्।

बिबरका वकिलले भने, ‘डेनियलको दाबीअनुसार २०१४ मार्च ९ मा फोर सिजन्स होटलमा उनीमाथि दुव्र्यवहार गरिएको थियो। जबकि बिबर मार्च २०१४ मा उक्त होटलमा थिएनन्। यो आरोप झुटो हो।’

यसबारे बिबरले ट्विट गरेका छन्, ‘मैले आफ्नो पूरै करिअरमा धेरै आरोप झेलेको छु तर पत्नी हैली बाल्डविन र टिमसँग कुरा गरेपछि मैले यो विषयमा बोल्ने निर्णय गरेको हुँ। अफवाह अलग हो तर यौन उत्पीडनको सवाल म हल्का रूपमा लिन सक्दिनँ। यो आरोप तथ्यात्मक रूपमा गलत हो। म यसविरुद्ध कानुनी कारबाही गर्छु।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया