८० र ९० को दशकको फिल्ममा बाल कलाकारको रुपमा काम गरिसकेका नायक जावेद हैदरलाई लकडाउनले अत्यधिक पिरोलेको छ । काम नपाएका कारण जावेद तरकारी बेच्न बाध्य भएका छन् । जावेदको स्थितीबारे त्यतिबेला थाहा भयो जब डली बिन्द्राले उनको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरे । टिकटकमा बनेको यो भिडियोमा जावेद गीत बजाउँदै, लिपसिङ गर्दै, तरकारी बेचिरहेको देखिएका छन् ।

https://www.instagram.com/p/CB1SBfdJkOH/?utm_source=ig_embed

थुप्रै कलाकार जुधिरहेका छन्ः

जावेद यस्ता पहिलो अभिनेता होइनन् जसलाई लकडाउनले अत्यधिक प्रभावित पारेको छ । यसअघि राजेश करीरले पनि एक भावुक भिडियो सेयर गर्दै मद्दत मागेका थिए । भिडियो भाइरल हुनेबित्तिकै राजेशले आर्थिक मद्दत पाउन थालेका थिए ।

बाल कलाकारको रुपमा फिल्म बाप नम्बरी बेटा दस नम्बरीमा कादर खानका छोराको रुपमा पनि उनी देखेका थिए । यसबाहेक उनलाई आमिर खानको फिल्म गुलाम र बाबरमा पनि देखिएको थियो । टिभी शो जीनी और जूजू, लाइफकी ऐसी की तैसीमा पनि देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!