आइतबार, आषाढ १४, २०७७ || 744  पटक पढिएको

नागरिकता कीर्ते गरेको आरोपमा फरार रहेका एक युवालाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ गुन्साका ४४ वर्षीय प्रेम लामालाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

छ महिना कैद र रु १५ हजार जरिवाना तोकिएका लामा अहिलेसम्म फरार रहेका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत चौतारा पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!