आइतबार, आषाढ १४, २०७७ || 835  पटक पढिएको

जङ्गली जनावरबाट जोगाउन मकवानपुरको मनोहरी गाउँपालिका वडा नं ७ को रमोली बस्तीमा रु ३८ लाखको लागतमा विद्युतीय तार जडान कार्य शुरु गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको रु ३८ लाखको लगानीमा करिब छ किलोमिटरको दूरीमा विद्युतीय तार लगाउने कार्य शुरु गरिएको हो । जङ्गली जनावर बस्तीमा पसेर तरकारी, फलफूल नष्ट गर्नाका साथै मानवीय एवं भौतिक क्षति पु¥याउने गरेको हँुदा त्यसलाई रोक्न विद्युतीय तार लगाउने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, गैँडा, बाँदरलगायतका जनावरले वर्षेनी क्षति पु¥याएकाले तार लगाउने काम शुरु भएको गाउँपालिका अध्यक्ष उप्रेतीको भनाइ छ । गत वर्ष पनि जङ्गली जनावरको आक्रमणमा परी त्यहाँ दुई जनाको मृत्यु भएको थियो । विद्युतीय तार लगाउँदा जनावार नमर्ने तर विद्युतीय झट्का लागेर तारबार पार गर्न नसकिने उहाँको भनाइ छ । गाउँपालिकाको वडा नं १ देखि ५ सम्म पनि जङ्गली जनावरको अत्यन्त जोखिम रहेको पर्सा राष्ट्रिय निकुञ्जले त्यहाँ पनि विद्युतीय तार लगाउन पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!