आइतबार, पौष २०, २०७६ || 1287  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष-२०

तेस्रो न्यु डायमण्ड कपराष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले आइतबार सहभागी टोलीको अन्तिम टुङ्गो लगाएको हो ।
पुस २३ देखि २६ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपान स्पोर्टस क्लबको मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स उच्चमावि पोखरा, पारामाउन्ट स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताका खेलहरु  लिगकम नकआउटका आधारमा खेलाईने संयोजक कुमार राईले जानकारी दिए । प्रतियोगितालाई होङ्गान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ । आयोजक र होङ्गान्जीबीच आइतबार नै मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख १ सय १ रुपैयाँ, उपविजेताले ३ लाख १ सय १ रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ र चौंथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय रुपैयाँ प्रदान गरिने बताईएको छ । यसअघिको पहिलो संस्करण उपाधि आयोजक न्यु डायमन्ड र दोस्रो संस्करणको उपाधि विभागीय नेपाल एपीएफ क्लबले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!