आइतबार, आषाढ १४, २०७७ || 709  पटक पढिएको

‘बाँझो जग्गामा वृक्षरोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ मोरङमा यही असार १ देखि अहिलेसम्म आठ लाख बिरुवा वितरण एवं रोपणको काम भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेअनुरुप देशभरमा पाँच करोड बिरुवा रोप्ने लक्ष्य लिएकामा मोरङमा यस अवधिमा डिभिजन वन कार्यालय मोरङसहित १६ वटा वन कार्यालयका नर्सरीबाट नौ लाख ३३ हजार बिरुवा उत्पादन भई आठ लाख बिरुवा निःशुल्क वितरण भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ का कर्मचारी अनिरुद्र साहले प्रदेशमा फलफूल तथा जडीबुटीबाहेक ४२ लाख बोटबिरुवा उत्पादन एवं वितरण भएको जानकारी दिनुभयो । उहाँले पहाडी क्षेत्रमा प्रशस्त बोटबिरुवा एवं जङ्गल क्षेत्र रहेकाले यस क्षेत्रका मानिसको उत्पादन दिने र बजारमा लगेर बिक्री गर्ने खालको फलफूलका बोटबिरुवाको माग बढी रहेको जानकारी दिनुभयो । मोरङको सबैभन्दा उत्कृष्ट तथा ठूलो सब डिभिजन वन कार्यालय सलकपुरबाट एक लाख बिरुवा उत्पादन भई वितरण भएको प्रमुख लालबहादुर माझीले जानकारी दिनुभयो । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा आज मोरङको सुन्दर हरँैचा नगरपालिका वडा नं ७ तथा केराबारी गाउँपालिका वडा नं ८ लाई छुने १३ दशमलव पाँच हेक्टर वन क्षेत्र जग्गामा वृक्षरोपण शुरु भएको छ । गत असोजदेखि अहिलेसम्म १० हेक्टर जग्गामा वृक्षरोपण सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा आजदेखि तीव्र गतिमा वृक्ष रोपणको काम शुरु भएको छ । खयर, सिसौ, बाँस, जडीबुटी, लिची, कटहर, कुरिलो, सजीवन, मसला र केही फलफूलका बिरुवा रोपण भएपछि नजीकै रहेको लोहन्द्र नदीको कटान कम हुने र वन क्षेत्र विस्तार हुने डिभिजन प्रमुख घिमिरेले बताउनुभयो । उहाँले पूर्वपश्चिम राजमार्गको तल दक्षिणी क्षेत्रमा वनले नछुने सार्वजनिक जग्गा, मठमन्दिर र नदी किनारमा वृक्षरोपणको कामलाई तीव्रता दिएमा यस क्षेत्रमा हरियाली विस्तार हुने र जङ्गल क्षेत्र बढ्नाका साथै पर्यावरण र वातावरण राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । आज मोरङकै सुन्दर हरँैचा,, बेलबारी, लखनतरी, कटहरी जस्ता ठाउँमा व्यापक वृक्षरोपण अभियान सञ्चालन हुने जनाइएको छ । यसैबीच सबडिभिजन वन कार्यालय कानेपोखरीमा रु १५ लाखको लागतमा अत्यन्त व्यवस्थित र आधुनिक नर्सरी निर्माण गरिएको छ । स्थानीय जनतालाई लक्ष्य गरी तीन लाख बोटबिरुवा उमार्न बनाइएको सो नर्सरीमा अहिले ५५ हजार बोटबिरुवा रहेको कार्यालय प्रमुख तुलसीप्रसाद यादवे जानकारी दिनुभयो । साथै दमकल जडानसहित ट्रयाक्टरमा पानीको ट्याङ्की निर्माण गरी वनको डढेलो नियन्त्रण गर्न राजमार्ग क्षेत्रका सबै सब डिभिजन वन कार्यालयमा वारुणयन्त्रको व्यवस्था गरिएको छ । यस्ता वारुणयन्त्र सामुदायिक वन, साझेदारी वन उपभोक्ता समूहले पनि व्यवस्था गरेकाले सुख्खा समयमा हुने डढेलोलाई सजिलै नियन्त्रण गर्न सकिने डिभिजन वन कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!