आइतबार, आषाढ १४, २०७७ || 478  पटक पढिएको

। गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित ६५ वर्षीय लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट गएको पहिराले उनको घरगोठसहित खेती गर्दै आएको जग्गासमेत बगाएको छ ।

रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिए । गोठमा रहेका एउटा भैँसी, एउटा दुहुँनो गाई, चारवटा बाख्रा, दुईवटा ब्याउने सुँगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ ।

विस्थापित सोनारीको पाँच जनाको परिवारलाई अहिले जनज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरा प्रभावित परिवारलाई बलिथुम युवा क्लबले एक सेट पकाउने भाँडा दिएको छ । रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको ज्ञवालीले जानकारी दिए । सोनारीको घर नजिकै रहेका तीन घर पनि पहिराको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि विद्यालयमै व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!