सिरहाको मिर्चैया नगरापलीका वडा नं. ५ र ६ मा महेन्द्र राजमार्गको उत्तर र दक्षिण दुवैतिर सम्पुर्ण मिर्चैया वासीको वहुप्रतिक्षित महत्वाकाक्षि योजना रहेको र यसले मिर्चैया नगरपालिकाको विकासमा महत्वपुर्ण योगदान गर्ने मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले वताउनु भयो । नाला निर्माण गर्नको लागी मिर्चैया नगरपालीका वडा नं. ५ जिवाखोलाबाट शुरु गर्ने गरी नगर प्रमुख श्रवण कुमार यादवले एक कार्यक्रम विच शिलान्याश गर्नुभएको छ ।
व्यापरिक नगरीको नामले चिनिने मिर्चैया नगरपालीका विगत देखी नै वर्षको पानीले प्रत्येक वर्ष वाढीको रुपलिएर विनाश गर्दै आइरहेकोमा यस नालाले केही राहत होलाकि भन्ने सवैको चासोको विषय रहेको छ । उक्त नाला निर्माणको लागी ८५ प्रतिशत वजेट एडिविको सहयोग रहेको छ भने १५ प्रतिशत मिर्चैया नगरपालिकाका सहयोग रहेको छ ।
झण्डै ३६ करोडको लागतमा निर्माण हुन लागेको उक्त नालामा होमपाईप हुनेछ । निर्माणको लागि मिर्चैया नगरपालिकाले ८ करोड रुपैयाँ विनियोजन गरेको मिर्चैया नगरपालिकाका नगरप्रमुख यादवले वताए । शिलान्यास गर्दै नगर प्रमुख यादवले कामको ठेक्का पाएका कंपनिलाई आफ्नो सम्पुर्ण शक्तिलायृ निर्माणकायृमा लगाइृ जतिसक्दो चाँडो सम्पन्न गर्न आग्रह गर्दै स्थानिय जनप्रतिनिधिहरुलाई र व्यापारि, वुद्धिजिवीहरुलाई सहयो गर्न आग्रह गर्नुभएको थिायो ।
उक्त कार्यक्रममा स्थानीय शिक्षा प्रेमि, वुद्धिजिवी, मिर्चैया उद्योगवाणिज्य संघका पदाधिकारि र व्यापारि, राजनितक दलका प्रतिनिध निर्वाचित वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।