खबर ठुलो छ

चीनले तिब्बतमा खटिएका सैनिकहरुलाई मार्सल आर्ट सिकाउने भएको छ । यसका लागि २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बतर्फ पठाएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने जनाएको छ । उनीहरुले सिमामा रहेका सैनिकलाई प्रशिक्षण दिने नदिनेबारे प्रष्ट पारिएको छैन । भारतीय सैनिकसँग लद्दाख क्षेत्रमा १५ जुनमा झडप भएपछि चीनले मार्टल आर्ट प्रशिक्षण दिन लागेको हो । घटनामा २० जना भारतीय सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । तर, चीनले यसबारे केही खुलाएको छैन । चीन र भारतबीचको सिक्षेत्रमा गोलाबारुद र तोप जस्ता हतियारको प्रयोग गर्न पाइँदैन । सन् १९९६ मा दुवै देशबीच यस्तो सम्झौता भएको हो ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया