आइतबार, आषाढ १४, २०७७ || 1822  पटक पढिएको

२०७७ साल असोज महिना सम्म कोरोना संक्रमितको संख्या ४ लाख लगभगमा कोरोना संक्रमितको संख्या पुग्ने सरकारले प्रक्षेपण गरेको छ। जुन विश्व स्वास्थ्य संगठन सहितको प्राविधिक एजेन्सीको संलग्नतामा अहिले सम्मको संक्रमण गणीतिय र ज्यामितीय अवस्था भनेको भारत र तेस्रो मुलुकबाट फक्रिनेको सख्याको अनुमान र अन्तराष्ट्रिय मापदण्डको आधारमा आंकलन गरेको देखिन्छ ।सरकारले असार र साउनमा संक्रमण तीव्र गतिमा फैलिने र असार भित्र संक्रमितको सख्या ७४ हजार भन्दा बढी हुने र संक्रमितको आकाडाको प्रक्षेपण गर्दा अति खराब अवस्था र सामान्य अवस्थालाई आधार बनाउने हो भने Active case र Total case को अलग अलग आँकडा अनुसार अन्तिममा पुग्दा आइसोलेसन, अस्पताल भर्ना वा आईसीयूको उपचार आवश्यक पर्न सक्ने Active case को संख्या मात्र लगभग ४० हजार पुग्ने अनुमान गरिएको देखिन्छ ।  त्यसकारण अति खराब अवस्था कायम रहँदा र सामान्य अवस्थामा कति सम्म पुग्ने हो यकीन भन्न नसकिने र ती मध्ये कति Active case हुन सक्छ आ आफनो धारणा होला तर उच्च सरकारी अधिकारीको भनाई अनुसार दैनिक १० हजार परीक्षण गर्ने योजना छ। तर त्यसको लागी भ्यान्टिलेटर विमारीको लागी लगभग ५ हजार जति नर्सिग र चिकित्सक जनशक्तिले आकस्मिक देखभाल र भेन्टिलेटर बिरामीहरूलाई सम्हाल्ने प्रशिक्षण लिनु पर्छ। त्यसको लागी तालिम दिनु पर्ने हुन्छ तसर्थ सरकारले कहिले तालिम दिने त्यसको तयारीको लागी ढिलो भएको देखिन्छ त्यसकारण छिटो भन्दा छिटो नर्सिंग जनशक्ती र चिकित्सकहरूलाई तालिम दिएर ति चुनौतीपूर्ण अवस्थालाई निर्मुल पार्न अविलम्ब कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।

नेपाली काग्रेस मोरग जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुखराजु मास्के मुहार पुस्तिकाबाट साभार

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!