आइतबार, आषाढ १४, २०७७ || 993  पटक पढिएको

मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका –२ स्थित सहारा घरलाई घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले शनिबार रु ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो । नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिरहेकाहरुलाई सहारा दिएर घर एक उदाहरणीय पात्र बनेको बताउनुभयो । सहारा घरका सञ्चालक बलबहादुर विष्टले घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषभि, खानेपानीलगायत विभिन्न समस्या रहेको बारे अवगत गराउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!