कोका–कोला कम्पनीले विभिन्न सोसल मिडिया प्लेटफर्ममा ‘हेट स्पिच’ का लागि दबाब बनेका कारण कम्तिमा ३० दिनसम्मका लागि यी प्लेटफर्ममा विज्ञापन नदिने घोषणा गरेको छ । पेय निर्माता कम्पनीका अध्यक्ष तथा कार्यकारी अधिकारी जेम्स क्विन्सीले भने, ‘संसारभरी जातीवादका लागि कुनै स्थान छैन र सोसल मिडियामा पनि जातीवादीका लागि कुनै ठाउँ छैन ।’

उनले सोसल मिडिया कम्पनीसँग ‘अत्यधिक जवाफदेही र पारदर्शिता’ को माग गरे ।

फेसबुकले समाचारको गुणस्तरको हिसाबले कुनै पोस्टलाई खतरनाक वा भ्रामक बताउने घोषणा गरेपछि कोका कोलाको यस्तो बयान सार्वजनिक भएको हो ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भनेका थिए, ‘हामी ती सबै विज्ञापनलाई पनि प्रतिबन्धित गर्नेछौं जसमा विभिन्न रङ, राष्ट्रियता, धर्म, जाती, लिङ्ग वा प्रवासीका लागि खतरनाक हुन्छन् ।’

#StopHateforProfit अभियानका आयोजकले फेसबुकमाथि घृणायुक्त सन्देश र गलत सूचना नरोकेको आरोप लगाएका छन् । उनीहरुले ‘कम संख्यामा कम परिवर्तनले समस्याको समाधान गर्न नसक्ने’ बताएका छन् ।

#StopHateforProfit को समर्थनमा ९० बढी कम्पनीले आफ्नो विज्ञापन रोकिसकेका छ ।

यद्यपि, कोका–कोलाले सीएनबीसीसँगको कुराकानीमा आफूले विज्ञापन स्थागित गर्नुको अर्थ आफूले यो अभियानलाई समर्थन नगरेको स्पष्ट पारे ।

क्विन्सीले कम्पनीले विश्वव्यापी सोसल मिडिया प्लेटफर्ममा विज्ञापन रोकेपछि उसले आफ्नो विज्ञापन नीतिमा पुनः विचार गर्न पाउने बताएका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!