शनिबार, आषाढ १३, २०७७ || 1447  पटक पढिएको

बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध

बजाजले सबैभन्दा सस्तो पल्सर १२५ नयाँ स्प्लिट सिट भेरिएन्ट लन्च गरेको छ । सो बाइकको मूल्य ७९ हजार ०९१ भारु तोकिएको छ । सो बाइकको फ्रन्टमा डिस्क ब्रेक स्ट्यान्डर्ड समावेश गरेको छ । सिंगल सिट भएको पल्सर १२५ को मूल्य डिस्क ब्रेक भेरिएन्टको भन्दा ३ हजार ५९७ र ड्रम ब्रेक भेरिएन्टको भन्दा ८ हजार ०९६ भारु महँगो रहेको छ ।
बजाज पल्सर १२५ मा नयाँ स्प्लिट सिट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी बेली प्यान समावेश गरिएको छ । सो बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको फ्युल ट्यांक र रियर काउलमा ३डी लोगो समावेश गरेको छ । बाइकमा क्लिप अन ह्यान्डलबार रहेको छ । अलोय ह्वीलमा बाइकको रङका आधारमा नियोन हाइलाइट समावेश गरेको छ । नयाँ पल्सर १२५ स्प्लिट सीटमा स्ट्यान्डर्ड पल्सर १२५ इन्जिन समावेश गरिएको छ । बीएस६ कम्प्लायन्ट १२५ सीसीको सो इन्जिनले ८५०० आरपीएमा ११.६ बीएचपीको पावर र ६५०० आरपीएममा १०.८ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ । नयाँ पल्सर १२५को फ्रन्टमा २४० एमएम डिस्क र रियरमा १३० एमएम ड्रम ब्रेक समावेश गरेको छ । बाइकको ह्वील १७ इन्चको रहेको छ । सो बाइकको फ्रन्टमा ३१ एमएम टेलेस्कोपिक फोक्र्स र रियरमा ट्वीन ग्याँस चाज्र्ड शक एब्जर्बर्स सस्पेन्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!