भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ– यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ ।

भारतमा शनिबारसम्ममा कम्तीमा पनि पाँच लाखलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्र्किएका छन् । उहाँका अनुसार शनिबारसम्ममा यहाँका करिब तीन लाख सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उहाँले दिनुभयो ।

भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । त्यसैगरी भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेका पनि उहाँले बताउनुभयो । त्यसैगरी उहाँले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताउनुभएको छ ।

उहाँले यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो उहाँले भन्नुभएको थियो । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उहाँले बताउनुभयो । उहाँले १९ दिनमा यहाँका सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।

यहाँ कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उहाँले दिनुभयो । यहाँका १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र २ लाख ३० हजार जनाको परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले धरै भन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराउनुभयो ।

भारतमा शनिबारसम्म कोरोना सङ्क्रमणबाट पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यसैगरी सो सङ्क्रमणबाट १५ हजार जना भन्दा बढीको ज्यान गएको छ । यहाँ गएको २४ घन्टायतामात्र १८ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकै दिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।

यहाँ गएका केही दिनयतादेखि हरेक दिन कम्तीमा पनि १४ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा यहाँ थपिएका विरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।

स्वास्थ्य मन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गर्नुभएको थियो । त्यसक्रममा उहाँले भारत सरकारले सङ्क्रमणको नियन्त्रणका लागि सक्दो प्रयासहरु गरिरहेको बताउनुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!