सुशान्त सिंह राजपुतले जुन १४ गते देहत्याग गरे । उनको निधनले पुरै बलिउड, उनको फ्यान तथा परिवारजन शोकमा छ ।

उनको निधनपछि बलिउडमा नेपोटिजमको बहस शुरु भएको छ । सुशान्त चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए । सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको रहस्य खोल्दै भने, ”३ वर्ष भाकल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो ।

जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।” सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए ।

आज सुशान्तको १३ औं दिनको पुण्य तिथीमा उनको परिवारले एउटा पत्र सार्वजनिक गर्दै ६ ओटा निर्णय गरेका छन् । यस्तो छ परिवारको निर्णय –

-उ हाम्रो लागि सधै महत्वपुर्ण रहनेछ ।
– उस्ले फ्यानको सधै मान राख्ने गर्थ्यो ।
-सुशान्तको नाममा फाउन्डेसन खोल्ने र युवाहरुको क्षमतालाई पहिचान गरेर सिनेमा, बिज्ञान र खेलकुदमा आउन चाहनेलाई मद्दत
गर्ने ।

– सुशान्तको पटनाको घरलाई मेमोरियल बनाउने र उस्को टेलिस्कोप, किताबलगायत उनको सामान त्यहाँ राख्ने ।
– उनको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने
– सुशान्तको फाउन्डेशनको इमेल ssrliveso[email protected] हो । केहि प्रतिक्रिया भए यही जिमेलमा पठाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया