आइतबार, पौष २०, २०७६ || 2503  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष-२०

तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखी झ्याल अड्याउने फ्रेम पनि मक्किएको छ । ‘बीचको तलामा रहेका आँखी झ्याल अड्याउने नौ फिटका केही काठ मक्किएका छन्,’ श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुङ्गानाले भने, ‘जीर्ण बनेका काठको नमुना निकालिएको छ । त्यसलाई पुरातत्व विभागको रसायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ ।’ विभागले पशुपति क्षेत्र विकास कोषसँग समन्वयमा भूकम्पपछि मन्दिर जीर्णोद्धारबारे अध्ययनका लागि गठित समितिको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । उक्त तलामा भण्डारीलाई बालाचतुर्दशीको अघिल्लो दिनमात्र प्रवेश दिइन्छ । सोही बेला उनीहरुले काठको नमुना निकालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!