बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनका प्रशंसकहरु उनको यादमा डुबिरहेका छन् । उनको निधन भएको ११ दिनभन्दा बढी भइसक्दा पनि प्रायः उनको निधनलाई स्वीकार गर्न सकिरहेका छन् । सामाजिक सञ्चाल, सञ्चार माध्यम जताततै उनको बारेमा लेखिएका पोस्ट्हरु देख्न सकिन्छ । यसैबीच, सुशान्तलाई इन्स्टाग्राममा अत्यधिक फलो गर्न थालिएको छ भने सुशान्त सिंहजस्ता तीक्ष्ण दिमाग र अभिनयमा पोख्त कलाकारले किन आत्महत्या गरे त ? भन्ने विषयमा त बलिउडमा तहल्का नै मच्चिएको छ । नेपोटिज्ममाथि उठिरहेका प्रश्न, गुटबाजीका कुरा र बलिउडका ठूलाबडाको राजका बारेमा खुलेर विरोध समेत हुन थालेको छ । पछिल्ला दिनहरुमा सुशान्तको इन्स्टाग्राममा तीव्र गतिमा फलोअर्स बढिरहेको छ भने बलिउडका अन्य कलाकारको फलोअर्स घटिरहेको छ । सुशान्तको निधनपछि २ मिलियन फलोअर्स बढेको छ । उनको जुन १४ सम्म ११.८ मिलियन फलोअर्स थियो भने अहिले १३ मिलियन फलोअर्स पुगेको छ । सुशान्तको आत्महत्यापछि उनको सामाजिक सञ्जाल इन्स्टाग्रामको बायोमा ‘रिमेम्बरिङ’ शब्द जोडिएको छ । उनको निधनपछि इन्स्टाग्रामका पुराना भिडियो तथा तस्बिरहरु हेर्दै उनका प्रशंसकहरुले उनलाई याद गरिरहेका छन् । उनको निधन भएको पाँच दिनपछि उनको अकाउन्ट ‘मेमोरी’ बनेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया