शुक्रबार, आषाढ १२, २०७७ || 1603  पटक पढिएको

कान्तिपुर पब्लिकेशनले आफ्ना तीन वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । नेपाल साप्ताहिक, नारी मासिक र कान्तिपुर साप्ताहिक बन्द गर्ने निर्णय शुक्रबार भएको हो । कोरोना संक्रमणपछि खर्च थेग्न नसक्ने अवस्था भएको भन्दै बन्द गर्ने निर्णय गरिएको हो । शुक्रबार यससम्बन्धमा सबै कर्मचारीलाई जानकारी दिइएको छ । जसअनुसार एकैकपटक एक सय भन्दा धेरै मिडियाकर्मी बेरोजगार हुन पुगेका छन् । अन्य मिडियामा पनि पत्रकार कटौती चलिरहेको छ । आम्दानी घटेको भन्दै सबै जसो मिडिया हाउसले पत्रकार कटौती गरेका छन् । जसअनुसार पछिल्लो तीन महिनामा नेपालमा पाँच सय भन्दा धेरै पत्रकारले जागिर गुमाइसकेका छन् । नेपाल पत्रकार महासंघले यसविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । यसअघि यती समूहले नेपालन्यूज डटकम बन्द गरेको थियो । खर्च धान्न नसकेर मिडिया नै बन्द गर्ने कान्तिपुर दोस्रो मिडिया हाउस बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!