नेपाली चलचित्र क्षेत्रमा परिवारवाद र समुहवादको विषयमा बहस भइरहँदा अभिनेत्री साम्राज्ञी आरएल शाहले भने आफूले चलचित्रमा काम गर्दा भोगेका भोगाईहरु साटेकी छन् । शुक्रवार आफ्नो इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले ५ वर्षको अवधिमा ८ वटा चलचित्रमा काम गर्दा आफूले धेरै नराम्रो अनुभव भोगेको बताएकी छन् । काम गरेकामध्ये तीनवटा ब्यानरले आफूलाई गरेको ब्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनी बताउँछिन् । उनले भनेकी छन्, ‘१७ वर्षको उमेरमा मैले चलचित्रमा डेब्यू गरेको थिएँ ।

त्यसबेला धेरैले मलाई फिल्म क्षेत्र सानो छ, कति कुराहरु बाहिर ल्याउनुहुन्न भन्नुहुन्थ्यो । यसो गर्दा काम नपाउने भन्ने कुरा हुने गर्थ्यो । मैले जति पनि ब्यानरसँग काम गरेँ, तीमध्ये धेरैसँग दोहोर्याएर काम नगर्नुको कारण उहाँहरुले गर्ने ब्यवहार नै हो । एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन ।’ साम्राज्ञीले आफूमाथि कयैन् पटक शोषण भएको पनि बताएकी छन् । तर, आफूले ती सबै कुरा भुलेर मुहारमा हाँसो ल्याएर काम गर्ने गरेको उनी बताउँछिन् ।

उनी चलचित्रको प्रचारमा सोधिने ‘किन घमण्डी भएको ?’ भन्ने प्रश्नबाट पनि आजित भएकी रहेछिन् । उनले छायांकन स्थलमा खानका लागि पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको तीतो अनुभव पनि सुनाइन् । उनले अगाडि थप्दै भनेकी छन्, ‘सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!