शुक्रबार, आषाढ १२, २०७७ || 848  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरू स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो ।

बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरू सदस्यका लागि फरक फरक सिट राखिएकामा विरोध जनाएका थिए । नेताहरू नारायणकाजी श्रेष्ठ र भीम रावलले पनि अध्यक्षद्वयका लागि अरू सदस्यको भन्दा फरक सिट राखेकामा विरोध जनाएका थिए ।

शुक्रबारको बैठकमा पनि नेता भीम रावलले कसैलाई सोफा र कसैलाई कुर्सीमा बस्ने व्यवस्था गर्दा कम्युनिस्ट पार्टीभित्रै असमानता भएको बताएका थिए । लगत्तै अध्यक्षका लागि राखिएको सोफा हटाएर कुर्सी राखिएको एक नेताले जानकारी दिए ।

त्यसपछि नेताहरूले बैठकमा बल्ल समानता कायम भयो भनेर ताली बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!