शुक्रबार, आषाढ १२, २०७७ || 698  पटक पढिएको

चीनले दुईपक्षीय सहमति विपरित विवादास्पद सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक र हतियार पठाएको आरोप भारतले लगाएको छ । चीनले तनाव बढाउँदै अघिल्लो साता भिडन्त निम्त्याएको आरोप भारतीय विदेश मन्त्रालयले लगाएको हो ।

‘मुख्य कुरा कुरा यही हो कि मेइको सुरुवातदेखि नै चिनियाँ पक्षले सीमा क्षेत्रमा ठूलो संख्या सैनिक र हतियार पठाएको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार नयाँ दिल्लीमा आयोजित प्रेस ब्रिफिङमा सीमा क्षेत्रमा देखिएको दुई एशियाली आणविक देशबीचको विवादबारे भने ।

‘यो हामी बीचका विभिन्न दुईपक्षीय सहमति अनुसार होइन’ सीमाक्षेत्रमा सीमित सैनिक राख्नेगरी भएको १९९३ को दुईपक्षीय सन्धिलगायत सम्झौतातर्फ संकेत गर्दै श्रीवास्तवले भने । भारतले त्यसको प्रतिरोधका लागि सैनिक पठाउनुपरेको उनले बताए । भारतले पनि यहाँ चीन जसरी नै सैनिक संख्या बढाएको थियो ।

चीनले यस भिडन्तका लागि भारतलाई दोष दिएको छ, भारतीय सैनिकले चिनियाँ अधिकारी र सैनिकमाथि आक्रमण गरेको उसको दाबी थियो । दुई आणविक देशबीच पछिल्लो ५ दशकमा निम्तिएको यो सबैभन्दा ठूलो भिडन्त थियो ।
गत महिना चीनले देखाएको उपस्थितीको प्रतिक्रिया दिनका लागि भारतले पनि सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक पठाएको श्रीवास्तवले बताए । यही कारण पश्चिम हिमालयतर्फ लद्दाख क्षेत्रमा दुई सेना आमने–सामने भएका थिए ।

जुन १५ मा भारतीय र चिनियाँ सैनिकबीच घण्टौंसम्म गलवान उपत्यकामा भिडन्त हुँदा ढुंगा र काडेँ तारसहितको लाठी प्रहार भएको थियो । यसक्रममा २० भारतीय सैनिक मारिएका थिए र कम्तिमा ७६ जना घाइते भए । चीनले आफ्ना कति सैनिक मारिए भने खुलाएको छैन ।

उच्च क्षेत्रमा भएको यस युद्धबारे दुई छिमेकीले एकअर्कालाई दोष लगाउँदै आएका छन् । दुई देशका वरिष्ठ सैनिक कमाण्डरबीच यसै साता वार्ता भएपछि दुबै पक्षले विवादित क्षेत्रमा आफ्ना सेनालाई अलग–अलग राख्ने सहमति गरेका छन् । तर, रोयटर्स न्युज एजेन्सीले रिभ्यु गरेको सेटेलाईट तस्विरअनुसार चीनले गलवान उपत्यकामा भिडन्त निम्तिएको क्षेत्र नजिक नयाँ संरचना खडा गरिरहेको छ, यो आफ्नो सीमा क्षेत्रतर्फ पर्ने भारतको दाबी छ । यसमा गोप्य टेन्ट वा ढाकिएका संरचना र सम्भावित पर्खाल र बेरिकेड्ससहितका नयाँ क्याम्प समावेश छन् ।

‘हाम्रो दुई पक्षीय सम्बन्धको आधार सीमा क्षेत्रमा शान्ति हो’ तनाव घटाउने चिनियाँ प्रतिवद्धता कायम गर्न माग गर्दै श्रीवास्तवले भने– ‘अहिलेको अवस्थाको निरन्तरताले वातावरणलाई बिगार्छ मात्रै ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!