हिपमत डटकम
मुम्बई,पुस २०
अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्मलाई एयरलाइन्सले ब्रान्डिङ गरेको छ। अभिनित रजनीकान्त ‘दरबार’ सँग कुनैपनि एयरलाइन्सले आधिकारिक रूपमा सम्झौता नगरेपनि सामाजिक सञ्जालमा एयरलाइन्सले फिल्मको पोस्टरलाई आवरण बनाएर प्रयोग गरेको फोटो भाइरल भइरहेको छ।रजनीकान्तको ‘कबाली’ पछि एयरलाइन्सले विशेष ब्रान्डिङ गरिरहेको ‘दरबार’ दोस्रो फिल्म भएको छ। यसअघि उनी अभिनित ‘कबाली’ फिल्मको निर्मातासँग एयर एसियाले औपचारिक सम्झौता गरेर ब्रान्डिङ गरेको थियो। ‘दरबार’ फिल्मका निर्माताले आधिकारिक रूपमा कुनैपनि एयरलाइन्ससँग सम्झौता गरेका छैनन्। यद्यपि यस फिल्मको पोस्टरलाई आवरण बनाएर एयरलाइन्सले ब्रान्डिङ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको हो , अभिनेता रजनीकान्त २५ वर्षपछि प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरिरहेका हो