शुक्रबार, आषाढ १२, २०७७ || 747  पटक पढिएको

बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ ।

अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ । बीच–बीचमा रोकिए पनि वर्षा जारी रहने छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा भए पनि गण्डकी, बाग्मती प्रदेश, प्रदेश १ र २ का विभिन्न क्षेत्रमा तीन दिन भारी वर्षा हुनसक्छ । योसँगै तराईको चुरे क्षेत्रमा लगातार वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत सीमा क्षेत्रका नदीमा बहाव बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!