खबर ठुलो छ

ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातत्त्व विभागले जनाएको छ । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनले भने, ‘‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’’चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उनले स्पष्ट पारे । उनका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् । केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उनले स्पष्ट पारे । यो समाचार आजको राजधानी दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

शुक्रबार, आषाढ १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया