इन्गेजमेन्ट, ब्याजलर पार्टी होस् वा विवाह समारोह । हरेक पलमा विशेष तवरबाट प्रस्तुत हुँदै आएका प्रेम जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले विवाहपछिका दिनहरु पनि विशेष तवरबाट बिताइरहेका छन् । गत फागुन १५ गते लगनगाँठो कसेको यो जोडीको विवाह लगत्तै हनिमुनको तयारी हुँदै थियो । तर, कोरोनाको त्रास र त्यसपछि श्रृजित लकडाउनको कारण यो जोडी आमनेपाली झै घरभित्रै थुनिन बाध्य भए । घरमै थुनिनु परेपनि यो जोडीले विवाह पछिका पलहरु भने घरमै विशेष तवरबाट बिताइरहेका छन् । जसको अनुमान उनीहरुले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरबाट पत्ता लगाउन सकिन्छ । यो जोडीले कहिले एकअर्काेको टाउकोमा तेल लगाएर मसाज गरेको, कहिले दुवै मिलेर खाना पकाउँदै गरेको, कहिले दुवैले छालाको हेरचाह भन्दै अनुहारमा फेसप्याक दलेको लगायत जीवनका रोमान्टिक पलका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

लकडाउन र त्यसपछिको समय मस्तीसँग बिताइरहेका यो जोडीले एक अर्काेको मद्दतमा एक्सरसाइज समेत गरिरहेका छन् । जुन कुरा प्रियंकाले हालै सार्वजनिक गरेको तस्बिरमा जनाएकी छन् । प्रियंकाले स्टाग्राममा आफुलाई आयुष्मानले बोकेको ‘ह्याप्पी मुड’को एक तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ,‘जिम बन्द छ । तर, नो प्रोब्लम ।’ प्रियंकाले यो पोस्ट मार्फत जिमखाना बन्द भएपनि घरमै वर्कआउट गर्न सकिने सन्देश मिलेको छ । जसको लागि आफ्नो जोडी सहयोगी बन्न सक्ने उनका आसय रहेको छ । प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । पछिल्लो समय भने उनले यी काम बिस्तरै कम गर्दै समाजसेवामा आफुलाई अगाडि बढाउदै छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!