मोरङको रतुवामाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक निति तथा कार्यक्रम वार्षिक अनुमानित बजेट प्रस्तुत गरिएको छ । आजबाट सुरु भएको सातौ नगर सभामा नगर उप प्रमुख दयन्त देवी चुडालले वार्षिक नीति तथा कार्यक्रमका साथमा ५९ करोड ५८ लाख ३६ हजार ३० रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिकाको निति तथा कार्यक्रममा, स्वास्थ्य , कृषि, शिक्षा रोजगार लगायत उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको मुख्य विषयहरु निम्न रहेका छन् ।
स्वास्थ्य तर्फ
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम, क्वारेन्टाइन व्यवस्थापन , आइसोलेसन वार्ड निर्माण र यस बात प्रभावित विपन्न हरुलाई राहातको व्यवस्थापन गरिने छ साथै, जनस्वस्थ्यमा प्रत्यक्ष असर पार्ने खालका कोभिड – १९ लगायत संक्रमणहरुको रोकथाम तथा प्रतिकार्यका लागि नेपाल सरकारले निर्धारण गरेको प्रोटोकल अनुसार आवश्यक र उचित क्रियालापहरू तदरूकताको साथ संचालन गरिने ।
झुर्कियामा रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल को रुपमा संचालनमा ल्याईने र इटहरामा रहेको स्वास्थ्य केन्द्रलाई प्राइमरी ट्रमा सेन्टरको रुपमा संचालन गरिने।
स्वास्थ्य नगरिकको अधिकार भन्ने नारालाई आत्मासाथ गर्दै स्वस्थ्य सेवामा सबैको सहज र सरल पहुच पुर्याउँन स्वास्थ्य विमा कार्यक्रममा आम नगरवासीहरुलाई आवद्ध गराउने अभियान संचालन गरिने, विपन्न दलित समुदाय र अति विपन्न परिवारलाई स्वास्थ्य विमा निशुल्क गर्न गराउने कार्य अगाडी बढाइने ।
पाठेघरको मुखको क्यान्सर, तथा स्तन क्यान्सर पहिचान सम्बन्धी स्क्रिन शिवीर संचालन गरि लक्षण देखीए उपचारका लागि सम्बन्धित अस्पताल सम्म जानका लागि निज विरामी र नेपाल सरकारले उपचारका लागि छुट सुबिधा दिएका दिर्घ रोगिहरूलाई समेत जम्मा एक पटकका लागि विगतमा उपलब्ध गराए सरह रु। पाँच हजार यातायात खर्च उपलब्ध गराईने निती लाई निरन्तरता दिईने ।
नगर पालिकाको आफ्नै एम्बुलेन्स संचालन गरिने ।
जन्म देखि मृत्यु सम्म नगरपालिका कार्यक्रम संचालन गरिने त्यस अन्तर्गत स्वास्थ्य संस्थामा प्रसुती हुने ९ सुत्केरी० आमाहरुलाई पोषण भत्ता रु १००० दिइने र विपन्न नागरिकहरुको मृत्यु संस्कार गर्न रु ५००० क्रिया खर्च वापत उपलब्ध गराईने । गर्भवती महिलाहरु प्रसूतिको लागि नगरभित्रको वार्थिंग सेन्टर सम्म जान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने ।
कृषि तर्फ
माटो परिक्षण प्रयोगशाला स्थापन गरि संचालन कार्य विधी निर्माण गरि खेतीयोग्य जमिनको माटोको गुणस्तर परिक्षण गरि गराई वैज्ञानिक तथ्यसहित माटोको उर्बराशक्ति वृद्वि र खेतीबालीको प्रजाति सिफारिस गरि कृषकहरुलाई बाली विविधीकरणका गरि कृषि उत्पादन र उत्पादकत्वको दिगो वृद्धि लाई प्रोत्साहन गरिने ।
कृषकहरुलाई प्रविधि मैत्री बनाउदै व्यवसायीकरणमा जोड दिन कृषक एप्स को निर्माण गरिने ।
कृषकलाई ऋणको भारवाट मुक्त् गर्न नगर क्षेत्रमा संचालित बैंक तथा वित्तीय संस्थाहरु, सहकारी हरुलाई अति न्यून व्याजदरमा ऋण लगानीको लागि पहल गरिने।
स्थानीय कृषि उपजलाई प्रशोधन गरेर उत्पादन गर्ने किसी य किसिमका उद्योग संचालन गरे सहुलियत पूर्ण व्याजदरको सुविधा दीई नगरपालिका जमानतमा वसी ऋण उपलाब्ध गराईने यस कार्यको लागि बेरोजगार युवा, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई प्राथमिकता दीईने

झुरकिया बजारमा निर्माणाधीन कृषि ९ तरकारी० संकलन केन्द्रलाई पूर्णता दिई मिनी कोल्ड स्टोर संचालन गरिने ।
चैते धान व्यवस्थापनको लागि ड्रायर निर्माण साना किसान सहकारी सिजुवाको साझेदारीमा गरिने ।
कृषि तथा पशुपन्छी सेवा केन्द्र आगामी श्रावण देखि झुरकिया र इटहरामा सेवा विस्तार गरिने ।

शिक्षा तर्फ
सामुदायिक बिद्यालयमा पढेर उच्च अंक ल्याई स्वास्थ्य ,इन्जिनियरिंग , पशु तथा कृषि अध्ययन गर्न चाहाने विपन्न परिवारको बिद्यार्थीलाई छात्रवृत्तिका लागि ू मेयर छात्रवृत्तिू कार्यक्रम संचालन गरिने । नगर क्षेत्रको सामुदायिक विद्यालयहरुबाट १२ कक्षामा प्रथम हुने छात्र र छात्रालाई पुरस्कृत गर्ने ।सामुदायिक विद्यालयहरु मध्ये बाट कक्षा (८ र कक्षा (१२ को अंग्रेजी, विज्ञान, गणित र नेपाली बिषयको औषत शिक्षण सिकाई सबै भन्दा राम्रो नतिजा भएका विद्यालयहरू लाई पुरस्कृत गरिने ।
प्राविधिक तथा व्यावसायिक शिक्षाका माध्यम द्वारा तहगत शिक्षाबाट उत्पादन हुने जनशक्ति स्वरोजगार हुन सक्ने र वजारको माग अनुसारको जशनक्ति तयार गर्न प्राविधिक शिक्षालयहरु स् विपी सेवा केन्द्र डाईनिया, मदन भण्डारी स्मृति प्रतिस्ठान उर्लावारी लगायत संग सहकार्य गरी कार्यन्वयन गरिने ।

भौतिक पूर्वाधार तर्फ
नगरकोचक्रपथलाई जोड्नेर स्तरवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिईने । प्रत्येक वडामावाटनगरकार्यपालिकाको कार्यालय संगजोड्ने गरी एक वडा एक सडकलाई कालोपत्रे गर्ने बनाउने निति लिईने । वडा नं १,२,३ र ४ लाई भारतको सिमाना देखि हुलाकी सडक सम्मको सडक संजाल सम्म जोडिनेछ।साथै झुर्किया अस्पताल सडकको स्तरोन्नति गरिने ।
वडा नं। ८,९ र १० लाई एकिकृत सडक संजाल मार्फत जननेता मदन भण्डारीको घरलाई केन्द्रित गरि ःबकतभच एबिल निर्माण गरी कार्यन्वयन गरिने । नगरपालिका मापदण्ड भित्रका सडकहरुलाई तत्काल मर्मत गर्न ू नगर प्रमुख कृषि सडक कोष ू को स्थापना गरिने ।
नगरपालिकाको कार्यालय ,नगर सभा भवन निर्माण कार्य शुरुवात गरिने। साथै वडा स्तरमा रहेका अधुरा सामुदायिक भवनहरु लाई निर्माण कार्य, वडा कार्यालयहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रका भवनहरु सेवाग्राही मैत्री निर्माण कार्यलाई प्राथमिकता साथ आगामी बढाइने ।

अन्य मुख्य कार्यक्रमहरु
नगरक्षेत्रका दलित, विपन्न तथा भुमिविहीन हरुका लागि आवास भवन निर्माण कार्यलाई निरन्तरता दिईने ।कृषि उत्पादनका लागि आवश्यक सिंचाई सुविधा उपलब्ध गराउन विद्युतीकरण गर्ने कार्यलाई अभियान संचालन गरिने , रात्रिकालिन आवागमनलाई सहज बनाउन वस्ति विकास भएका मूलसडकहरुमा र भारत संग सिमान जोडिएका वस्तिहरुमा समुदायको साझेदारी र व्यवस्थापनमा क्रमशः सडक सडक बत्ति जडान गर्नेकार्य सिजुवा कादुपाडा , दाम्रभिटा, इटहरा , भौडा सोमबारे , लक्ष्मी चौकमा गरिने ।
रतुवा र बक्राह खोलाबाट हुन सक्ने नदि कटान तथा डूवान लाई रोकथाम गर्न क्रमशः उत्तर बाट दक्षिण तर्फ ग्रिनवेल्ट सहितको अल्पकालीन तथा दिर्घकालीन नदि नियन्त्रणका कार्य गर्न विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी केन्द्र तथा प्रदेश सरकार संग बजेट व्वस्थाका लागि अनुरोध गरिने ।
जननेता मदन भण्डारीको घर ९सतमेडी०लाई केन्द्र विन्दु बनाई सडक संजालको निर्माण, हरीयाली पार्क निर्माण, अध्ययन अनुसधान केन्द्रको रुपमा विकास गरि राजनैतिक तथा सामाजिक परिवर्तनको पर्यटकीय क्षेत्रको रुपमा विकास तथा विस्तार गर्न एकिकृत विकास योजना तयार गरी कार्यन्वयन गरिने ।सुनवर्षी माहाराजथान, ओम्कारेश्वर मन्दिर वडा नं।६ र वडा नं ७ को विश्वनाथ धामलाई धार्मिक पर्यटनको आकर्षणको केन्द्र बनाईने ।दिनाभद्री, सिरुवा, चडकवान, चासोक तङ्नाम, उधौली, उभौली, ल्होसार लगायत आदीवासी जनजातीहरुको पर्व तथा संस्कृतिलाई साथै मुस्लीम धर्मावलम्वीहरुको पर्व ईद, वकर ईद र सन्थाल जातीहरुको पर्वमा जस्ता संस्कृति र परम्परा लाई जर्गेना गर्न आवश्यक पहल कदमी गरिने ।

नगर भित्रका हाट बजारहरु स् शनिस्चरे बजार, सिजुवा वजार, झुरकिया वजार, हाटखोला चौकिघाट बजार, दाम्राभिटा बजार, इटहरा बजार, मंगलबारे सातामेडी बजार, विश्वनाथ कृषि वजार र गोविन्दपुर वजारलाई व्यवस्थित गरिने ।
नेपाल सरकारको एक नगर एक उद्योगग्राम निर्माण तथा संचालन कार्यक्रम अन्तर्गत सिजुवा वजारको पूर्व तर्फ रहेको ऐलानी पर्ति जग्गामा स्थापनाको प्रक्रिया अगाडी बनाइने । नगर क्षेत्र भित्रका युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न उद्यमशिलताको विकास, स्वरोजगार र आय आर्जनमा केन्द्रित नगर प्रमुख उद्यमशिल कार्यक्रम संचालन गरिने ।
नगरवासी तथा व्यवसायी हरुले नगरपालिका लाई आ।व।०७६्७७ को तिर्न बुझाउँन बाँकी रहेको कर आ।व। ०७७्७८ को मंसीर मसान्त सम्म बुझाएमा जरिवाना नलिईकान आ।व।०७६्७७ कै दररेटमा संकलन गरिने ।

सामाजिक, आर्थिक तथा संस्कृतिक रुपमा पछाडी परेका महिलाहरुलाई समुहमा आवद्ध गरी गराई आर्थिक,सामाजिक,सचेतनाका कार्यक्रमहरुलाई एकावद्ध गर्दै शसक्तिकरण अभियान संचालनका माध्यम द्वारा आर्थिक रुपमा सवल, सामाजिक रुपमा सक्षम र व्यक्तित्व विकासमा समाजको अगुवा बनाउन ूउपमेयर महिला शसक्तिकरणू कार्यक्रम संचालन गरिने ।
घरेलु हिँसा पिडित महिलाहरुलाई न्यायिक अधिकार दिलाउन अदालत सम्म जान र अदालती प्रक्रियामा सहयोग गर्न ूलैंगिक हिंशा निवारण कोषू स्थापना गरिने ।
वालवालिकाको सुनौलो भविष्यको लागि नगरापलिकाले आगामी श्रावन देखि जन्मिएका प्रत्य्व्क वचचाको अनिवार्य बैंकमा खाता खोल्ने व्यवस्था मिलाई नगरपालिकाको तर्फबाट रु १ हजार वचत गरिदिने ।
आगामी वर्षबाट प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेसनको सहकार्यमा अपांग न्यूनिकरण, शिक्षामा पहुच, निरन्तर स्वास्थ्य उपचार बाट पुर्नस्थापना, आय आर्जन, क्षमता विकास जस्ता कार्यक्रम संचालन गर्ने गराइने ।अति अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर परिचय पत्र वितरण गरिने ।

आदिवासी जनजातीहरुको संस्कार संस्कृति संरक्षण गर्न जातीय पुजारी हरुलाई वार्षिक नगद अनुदान प्रोत्साहित गरिने ।जनजातिहरुको वाहुल्य रहेको वडाको सामुदायिक विद्यालयमा सम्बन्धित जातिको भाषाबाट पठन पाठनमा सहजीकरण गर्न १ जना स्वयम्सेवक शिक्षक परिचालन गरिने ।आदिवासी जनजाति लगायत सबै जाति धर्म सम्प्रादयको मठ मन्दिर र मृत्यु संस्कार गरिने घाटहरुको व्यवस्थापन गरिने ।
आगलागीका घटनाहरु नियन्त्रणका लागी छिमेकी स्थानीय तहहरुसँग समन्वय गरी बारुण यन्त्र ९दमकल० सञ्चालनको व्यवस्था मिलाईने ।नगरपालिकाका प्रत्येक नागरिकको जन्मदिनमा एउटा बिरुवा रोप्ने कार्यक्रम संचालन गरिने ।दाह संस्कारका लागि घाट सम्म शव लानका लागि शवयात्रा वाहन खरिद गरिने ।

नगरपालिकाको सबै क्षेत्रमा संचार सेवा सहज र भरपर्दो बनाउन नेपाल टेलिकम, एनसेल जस्ता निकायहरुमा आवश्यक पहल गरिने ।
सुरक्षा निकायहरुबाट परिचालन हुने गरि नगर क्षेत्रका यसै आर्थिक वर्षमा सिजुवा वजार, आमवारी चौक, सोमवारे वजार, इटहरा बजार ,झुर्कीया बजार, दाम्राभिटा बजार , सौठा बजार भौडा चौकमा सिसि क्यामेरा मा जडान तथा विस्तार सम्पन्न गरिनेछ,र थप बजार क्षेत्रमा क्रमशः क्यामेरा जडान गरिने ।नगरको यस आर्थिक वर्षमा सौठा, सिजुवा, गोविन्दपुर, पिडाली, इटहरा, दम्राभिटा, भौडाह , सोमबारे र झुर्कीयामा फ्री वाईफाई जोन सम्पन्न गरि थप क्षेत्रहरुमा फ्री वाईफाई सेवा क्रमश विस्तार गराईने ।नगरपालिकाको कार्यालयमा डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिने लगायतका रहने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!