बुधबार, आषाढ १०, २०७७ || 668  पटक पढिएको

पाकिस्तानमा गत महिना ९७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको कारण मानवीय त्रुटी भएको पाइएको एक प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सो जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सो जहाजको दुर्घटना विमान चालक र एयर कन्ट्रोलका बीचमा समन्वय नभएको र मानवीय त्रुटी भएका कारण यस्तो भएको पाइएको हो ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान गत मे २२ मा पाकिस्तानको कराँची विमानस्थल नजिकैको मानव बस्तीमै खसेको थियो । जसका कारण केही घर पनि ध्वस्त भएका थिए । कराँची विमानस्थल नजिकैको बस्तीमा सो विमान खसेको थियो । त्यस विमानमा रहेकामध्ये ९७ जनाको ज्यान गएको र दुई जना भने बाँचेका थिए ।

पाकिस्तानका हवाई उड्डयन मन्त्री गुलम सर्वर खानले उक्त विमानका चालक र हवाई कन्ट्रोलर अधिकारीले हवाई उड्डयन सम्बन्धी मापदण्ड पालना नगरेका कारण जहाज दुर्घटनाग्रस्त हुन पुगेको कुरा प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताउनु भएको छ ।

पाकिस्तानका हवाई अधिकारीका साथै फ्रान्सेली अधिकारीहरु संलग्न अनुसन्धान टिमले सो प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो ।मन्त्री खानले उक्त विमानमा कुनै पनि प्राविधिक कारण नरहेको र अरु सबै पक्ष राम्रो देखिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!