रौतहतस्थित बसन्तपुर प्रहरी चौकीका चौकी इन्चार्जलाई स्थानियले महिलासंग रंगेहात फेलापारेपनि नियन्त्रणमा लिएका छन । चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा रंगेहात भेटेपर्छि गयराती स्थानियले नियन्त्रणमा लिएका हुन्।

राजदेवी नगरपालिकाको वडा नं २ मा एक महिलालाई भेट्न राति पुगेका झालाई स्थानियले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएका छन् ।

उनी त्यहीँ सामुदायिक भवन भित्र महिलासंग आप्पती जनक अवस्थामा रहेको थाहा पाएपछि घेरेर स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए । उनी सरकारी मोटर साईकल चढेर महिलालाई भेट्न गएका थिए । स्थानियले उनको मोटरसाईकल समेत नियन्त्रणमा लिएका थिए ।

ति प्रहरीको पहिलेदेखि नै महिलासंग अवैध सम्बन्ध रहदै आएको स्थानिएको आरोप रहेको छ । उनी त्यसरी नै पटक–पटक राती महिलालाई भेट्न जाने गरेको समेत स्थानिएले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले झा के कारणले मध्यराति महिलालाई भेट्न गए भन्ने विषयमा अनुसन्धान थालिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!