बुधबार, आषाढ १०, २०७७ || 769  पटक पढिएको

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकारको समीक्षा गर्न तयार भएका छन् । बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरु आगामी बैठकमा पार्टी र सरकारको कामको समग्र समीक्षा गर्ने सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अगामी बैठक असार १२ गते बिहान ११ बजे बस्नेछ । बुधबार बसेको बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए । तर, अन्य स्थायी समिति सदस्यलाई बोल्न नदिइ आगामी बैठकको मिति तय गरेको जानकारी गराइएको हो । असार १२ गते बस्ने बैठक स्थायी समिति सदस्यले आफ्नो धारणा राख्न पाउने अपेक्षा गरेका छन् ।

आगामी बैठकका लागि अध्यक्षद्वय ओली र प्रचण्डले समसामयिक विषयमा धारणा राख्नेसहित सात वटा कार्यसूची तय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबारको बैठकले तय गरेका सात कार्यसूची

१.वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन ।

२.कोभिड(१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।

३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।

४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।

५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।

६.एममसीसीका सम्बन्धमा ।

७.विविध ।

क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!