बुधबार, आषाढ १०, २०७७ || 581  पटक पढिएको

गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १८४ कवुलियती वन छन् । तीमध्ये १५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वीकृत फलपूmल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो । तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ । यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!