बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवतीसंग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनी रिहासंग प्रेममा रहेको र देहत्याग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ । प्रहरीले उनले यस्तो निर्णय गर्नुको कारण वारे गरेको अनुसन्धानमा उनको जिवनको अर्को पाटो बाहिर आएको हो ।

भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।

उनीहरु प्रेममा रहेको कुरा भारतीय सञ्चार माध्यमले दावी गर्दै संगै रहेका तस्विर र भिडियो सार्वजनिक गरेका थिए । ति तस्बिर र भिडियोमा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!