बुधबार, आषाढ १०, २०७७ || 930  पटक पढिएको

ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज– १८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै आएका विपन्न समुदायमा वडा कार्यालयमार्फत सोलार प्यानल वितरण गरी उज्यालो कार्यक्रम थालिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तराई–मधेश समृद्धि विकास कार्यक्रममार्र्फत गरीब, मधेसी, मुसलमान तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जाको योजना बनाएर प्यानल वितरण गरिएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो । उहाँका अनुसार बस्तीका ५४ घरपरिवारलाई पुग्ने गरी प्यानल वितरण भइसकेको छ । कार्यक्रमअन्तर्गत २५९ प्यानल जडान गर्ने वडा कार्यालयको योजना छ । यहाँका बासिन्दासँग लालपूर्जा नहुँदा बत्तीको मिटर राख्न सकेका छैनन् । विसं २०६०मा सुर्खेत, दैलेखलगायत विभिन्न जिल्लाबाट आएर नयाँबस्तीमा बसेका घरपरिवारलाई प्यानल दिइएको हो । “विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अँध्यारोमा बस्न बाध्य छन् । नगरभित्रैको बस्तीका बासिन्दा अँध्यारोमा बस्न नपरोस् भनेर सोलार प्यानल सहयोग गरिएको हो”, वडाध्यक्ष वर्माले भन्नुभयो, “अब सुकुम्वासी बस्तीमा पनि अँध्यारो हटेर उज्यालो छाउँदैछ । वितरण गरिएको सोलारबाट पाँच वटा बत्ती र एउटा पङ्खा चल्ने क्षमता रहेको छ ।” तराई–मधेस समृद्धि विकास कार्यक्रममार्र्फत प्राप्त रु ४५ लाख बजेटबाट प्यानल वितरण कार्यक्रम भइरहेको वडाध्यक्ष वर्माले जानकारी दिनुभयो । स्थानीयवासी धनबहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले विद्युत्को मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका अवस्थामा प्यानल वितरणले बस्ती उज्यालो भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारले प्यानल पाएपछि बस्तीमा उज्यालोसँगै खुशीयाली छाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!