पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो ।

तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो । तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् । फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

https://www.facebook.com/9NewsSydney/videos/1235001513510395/

गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छ । अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् । गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो । उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइनेछ ।

स्रोतः नाइनन्यूज डट कम

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!