मंगलबार, आषाढ ०९, २०७७ || 910  पटक पढिएको

बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवतीसंग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनी रिहासंग प्रेममा रहेको र देहत्याग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ । प्रहरीले उनले यस्तो निर्णय गर्नुको कारण वारे गरेको अनुसन्धानमा उनको जिवनको अर्को पाटो बाहिर आएको हो । भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले लखेको छ । आइतबार सुशान्तले आफ्नो प्राण त्यागे । उनकी गर्लफेन्ड भनिएकी रिहा चक्रावती बिहिबार मुम्बइ स्थित बान्द्रा पुलिस स्टेशन पुगेकी हुन् । उनलाई प्रहरीले बयानको लागि बोलाएको थियो । उनले सुशान्तको घरबाट आफ्नो घरमा सिफ्ट भइसकेको बताएकी छिन् । भारतीय मिडिया पिंकभिल्लालाई आधार बनाएर सुशान्तले आत्माह-त्या गर्नुभन्दा केहि दिन अघि मात्र उनको घरमा छाडेर आएको लेखेको थियो । रिहाले पनि त्यही बयान दिएको बताइएको छ । पुलिसले सुशान्तसँग टचमा रहेका सबैको बयान लिइरहेको छ । केहि दिन अघिमात्र सुशान्त र रिहाको ब्रेकअप भएको बताइएको छ । सुशान्तको इच्छाअनुशार नै उनीहरु छुट्टिएको बताइएको छ । बयानका क्रममा रिहाले हाम्रो ब्रेकअप भैसकेको थियो त्यो पनि सुशान्तकै इच्छाअनुसार । त्यसैले मलाइ अन्तिम पटक उनले छोड्न मेरै घर सम्म पुगेका थिए । पछिल्लो समय सुशान्तमा केहि परिबर्तन थियो उनिमा केहि आ क्रोस र केहि तना वमा थिए जुन मैले महसुस गरेकी थिए । सुशान्तको हाउभाउ पहिलेजस्तो थिएन पक्कै पनि उनमा केहि पिडा भएको हुनु पर्छ जुन कुरा उनले म संग खोलेनन् । देहत्याग गर्नु भन्दा अगाडी मलाई उनले कल गरेका थिए मलाइ आफ्नो केयर गर्नु, जीवन यस्तै हो सधै खुसि भएर बस्नु सुखदुःखमा हामीले एकार्कालाई साथ दिनुपर्छ भनेर उनले सम्झाएका थिए । म कठोर निर्णय लिन खोज्दै छु मेरो कारणले तिमीलाई कुनै अफ्ठेरो नपरोस भनेर उनले बताएका थिए । उनले सुशान्तले यस्तो गर्छन भन्ने मैले कल्पना पनि गर्न सकेकी छैन, हामी बीच कहिल्यै मनमु टाव पनि भएन, हाम्रो सम्बन्ध बाहिर नदेखिए पनि भित्रि रुपमा एकार्कालाइ हामी निकै कियर गर्ने गर्थ्यौ । हाम्रो परिवारबीच पनि आइजाई हुने गर्थ्यो मेरो परिवारले पनि सुशान्तलाइ निकै माया गर्नुहुन्थ्यो । उनले अन्तिममा कल गरेको र उनीहरुबीचमा भएको कुराकानीको आधारमा पुलिसले बयान लिइरहेको छ । उनीहरु प्रेममा रहेको कुरा भारतीय सञ्चार माध्यमले दावी गर्दै संगै रहेका तस्विर र भिडियो सार्वजनिक गरेका थिए । ति तस्बिर र भिडियोमा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो । उनीहरुले सोसल मिडियामा रोमान्सले भरिएका तस्विरहरु शेयर गर्थे जहाँ दुई जना नै अत्यन्तै हर्षित अनुहारमा देखिन्थे । उनीहरुको प्रेम सम्बन्धका बारेमा थाहा पाएका सुशान्तका परिवारले विवाहको कुरा पनि चलाएको भारतिय संचारमाध्यमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!